ठूलो मात्रामा अवैध सामान सहित एक युवा पक्राउ

उदयपुर । उदयपुरमा ठूलो मात्रामा अवैध सुर्तिजन्य पदार्थ र खाद्य सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । बरामद गरिएको सामान लालपत्ता प्रहरी चौकीले चेकजाँच गर्ने क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार लहानदेखि गाईघाटतर्फ आउदै गरेको स १ च ७५५ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा सो सामान बरामद गरिएको हो । सामानसँगै सिराहाको लहान नगरपालिका ४ बस्ने वर्ष २२ को सिकेन्द्र महतो समेत पक्राउ परेको छ ।

प्रहरीले बरामद गरेको सामान बिना बिलको रहेको छ । जसमा अवैध रुपमा ल्याईएको शिखर आईस चुरोट ५५ बन्डल, सूर्य चुरोट १५ बन्डल र खुकुरी चुरोट दुई सय बन्डल रहेको छ । त्यसैगरि बिजुली चुरोट १ सय ८० बन्डल, पाइलट चुरोट १० बन्डल, चकलेट २ कार्टुन, मंगलदिप चम्पा अगरबत्ति २ कार्टुन र सनफिस्ट डार्क फ्यान्टेसि बिस्कुट १ कार्टुन रहेको छ ।

प्रहरीले जनाएअनुसार सवारी साधन सहित अन्दाजी मूल्य ११ लाख ३४ हजार बराबरको सामान नियन्त्रणमा परेको छ । हाल गाडी चालक र बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ ।

भिडियोः

Facebook Comments