उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरे जङ्गलमा वाईङ्गरगाडी दुर्घना हुदा एक महिलाको मृत्यु भएको छभने १८ जना घाईते भएका छन् । दुर्घनामा परी मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष ५० को गिता कार्की रहेको छ ।
गाईघाटदेखि लाहानतर्फ जादै गरेका ना १ ज ६५७९ नंम्बरको वाईङ्गर ब्रेक फेल भएर दुर्घना भएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार दुर्घनाभएको वाईङ्गर सडकबाट करिव एक सय मिटर तल खसेको थियो । अन्य वाईङ्गरमा सवार १८ जना घाईते भएका छन् ।
जसमा तिन जना गम्भिर घाईते रहेको जिल्ला अस्पताल उदयपुरले जनाएका छन् । गम्भिर घाईते हुनेमा सप्तरी जनरोल गाउँपालिका वडा नम्बर १ बस्नेत बर्ष ६० को पानादेवि ठाकुर, सप्तरी राजगढ गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष २३ को आकाश कुमार ठाकुर, बारा महागढिमाई गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष २१ को रवि कुमार यादव रहेका छन् । उनिहरुलाई जिल्ला अस्पताल उदयपुरमा प्राथामिक उपचारपछि बाहिर रेफर गरिएको छ ।
यसैगरि दुर्घनामा घाईते हुनेहरुमा त्रियुगा नगरपालिका ४ बगाहा बस्ने बर्ष १८ को सैलेस राई, बारा महागढिमाई ६ बस्ने बर्ष २३ को दिपेन्द्र यादब, त्रियुगा नगरपालिका १० बोक्से बस्ने बर्ष १८ को अपार तामाङ र रौतहट बस्ने बर्ष २३ को अविनास यादव सामान्य घाईते भएका छन् ।
त्यसैगरि बारा महागढिमाई ६ बस्ने बर्ष २८ को घोसि प्रसाद यादव र सिराहाको लहान नगरपालिका २१ कालान्जर बस्ने बर्ष ४० को भल्तिदेवी सदा, बारा जिल्ला चिउताहा जस्मिन गाउँपालिका २ बर्ष बर्ष ४० को नरेश पण्डित त्रियुगा नगरपालिका ६ जलजले बस्ने बर्ष ३६ को सुनिता यादब र बारा महागढिमाई ६ बस्ने बर्ष २९ को पानालाल सहनी सामान्य घाईते भएका छन् ।
दुर्घनामा सुनसरीको दुहवी नगरपालिका ७ बस्ने बर्ष २९ को शंकर चौधरी, सोलुखुम्बुको लिकुपिके गाउँपालिका २ बस्ने बर्ष २२ को विपना बस्नेत, सिराहाको लाहान बस्ने बर्ष ४६ को हरि नारायण शाह, मोरङ एकधारा गाउँपालिका ३ बस्ने बर्ष ४५ को शैलेन्द्र कुमार मण्डल र सप्तरी ठेगाना भएको बर्ष ४४ को ब्रमदेव ठाकुर समेत सामान्य घाईते भएका छन् । वाईङ्गर चालक सप्तरीको सुरूङ्गा नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३३ को दिवस विश्वकर्मा र सहचालक भुपेन्द्र दाहाल फरार रहेका छन् ।
भिडियोः