उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगीले व्यक्तिगत स्वार्थमा नलाग्ने जनाएको छ । उदयपुरमा कार्याभार सम्हाल्न आईपुगेका एसपी योगीले सामुहिक दवाको लागि भए सबै काम गर्ने तर व्यक्तिगत दबाबको लागि भए आफु पछि हट्ने बताए ।
उनले शुक्रबार पत्रकारहरुसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । एसपी योगीले सामुहिक दवाव समूह र समाजको स्वार्थको लागि हुन्छ, तर व्यक्तिगत दवाव भनेको एक ब्यक्तिको स्वार्थको लागि हुनेभन्दै आफू ब्यक्तिको दवामा नपर्ने बताए ।
आफुले उदयपुरको सामान्य जानकारी लिई सकेको र सुरक्षा हिसावले शान्त रहेको बताए । उनले जिल्लामा दुर्घटना, अपराध, लागु औषाध, सामाजिक संञ्ञालको दुरुपयोगबारे समस्याको समधान गनेतर्फ आफ्नो मुख्य प्राथामिकता हुने समेत बताए ।
भिडियोः
Facebook Comments