खाँवुस्थित अधेरीको दुई सिंचाइ कुलो उद्घाटन, स्थानीयवासी हषिर्त 

उदयपुर । उदयपुरको अधेरी खोला भालढुङ्गा बरुवा र अधेरी केराबारी सिंचाइ कुलो उद्घाटन भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुस्थित अधेरी खोलाको मुहानमा उद्घाटन गरिएको हो ।

बिहीबार दुबै सिंचाइ कुलोको उद्घाटन त्रियुगा नगरपालिका वडा नम्बर १६ जाल्पाचिलाउनेका वडाअध्यक्ष समेत रहेका माओवादी केन्द्र त्रियुगा नगरकमिटी अध्यक्ष मानबहादुर राईले गरेका थिए । दुबै सिंचाइ कुलो करिब एक करोड बराबरको लागतमा निर्माण भएको वडाअध्यक्ष गणेश तिम्सिनाले बताएका छन् ।

अध्यक्ष तिम्सिनाका अनुसार दुई कुलोबाट हुने सिंचाईले ९० घरधुरी भन्दा बढी उपभोक्ताहरु लालम्भित हुने छन् । साना सिंचाइ कार्यालय उदयपुरको आर्थिक सहयोगमा निर्माण भएको कुलो उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका वडा अध्यक्ष हिमराज मगर, त्रियुगा कार्यपालिका सदस्य बिमल किराँती, त्रियुगा १५ का वडासदस्य डम्बरबहादुर राई (डि.बी.), तुलबहादुर मगर, पत्रकार गजेन्द्र राई, बिजय राई लगायत स्थानीयहरुको बाकुलो उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments