त्रियुगा । उदयपुरमा साकेला उभौली सँगै पारुहाङ र सुम्निमाको प्रतिमा अनावरण गरिएको छ । सदरमुकाम गाईघाटस्थित साकेला थानमा रहेको सो प्रतिमाको शुक्रबार अनावरण गरिएको हो ।
प्रतिमाको अनावरण किरात राई मुन्धुम धर्म संस्कार र संस्कृतिका संरक्षक जेष्ठ किरात नरध्वज राई र प्रेम चाम्लिङ राईले गरेका थिए । प्रतिमाको अनावरण गर्दै प्रेम चाम्लिङ राईले प्रकृतिमा रहेको सम्पूर्ण जिवजन्तुहरु सबै पारुहाङ सुम्निमको सन्तान रहेको बताए ।
उनले सृष्टि उत्पतिका मानव र जिव जन्तुहरु उनिहरुकै सन्तान रहेको भन्दै कथा समेत सुनाएका थिए । प्रतिमा किरात समुदायहरु भित्र रहेका बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोगमा निर्माण गरिएको थियो । साकेला थानलाई संस्कृतिमय बनाउने उद्देश्यले निर्माण गरिएको थियो । सोहि स्थानमा शुक्रबार साकेला नाच भएको थियोभने शनिवार बृहत साकेला प्रतियोगिता हुने छन् ।
भिडियोः