उदयपुर । उदयपुरमा पूर्व जनमुक्ति सेना नेपाल त्रियुगा नगर कमिटीको अध्यक्षमा अर्जुन तामाङ (सन्दर्भ) चयन भएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा शनिबार सम्पन्न प्रथम नगर भेलाले सन्दर्भलाई अध्यक्षमा चयन गरेका हुन् ।
सम्मेलनले सन्दर्भको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला माओवाद केन्द्रका केन्द्रीय सदस्य मोहनबहादुर खत्री (दिपक)ले बताए । केन्द्रीय सदस्य खत्रीका अनुसार समितिको उपाध्यक्षमा मैयाँ कटुवा (सन्जिका) चयन भएका छन् । सचिवमा जिवनी राई (समिक्षा) र सहसचिवमा अमर मगर (सुवास) चयन भएका छन् ।
त्यसैगरी समितिको कोषाध्यक्षमा धनमाया खड्का चौधरी (सुस्मिता) चयन भएका छन् । यसैगरि सदस्यहरुमा शेसराज बस्नेत (राजन), धनबहादुर परियार (रुपेश) र भिमबहादुर मगर (संयोग) चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमै मंगलशिङ्ग भित्रिकोटी (बिद्रोह), दुर्गा कार्की (देबिका), झल्का राई (झल्का), रेनु लगुन (रमिला) र दिपक खड्का (उजिर) चयन भएका छन् । उनीहरू द्वन्द्वकालिन समयमा सबै लडाइँ लडेका सेनाहरु हुन् । अहिले पार्टीको निर्देशन अनुसार पार्टीको गतिविधिमा लाग्ने योजना रहेको नव निर्वाचित अध्यक्ष सन्दर्भले बताए ।
भेलामा पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर खत्री (दिपक) प्रदेश कमिटी सदस्य तथा त्रियुगा ईन्चार्ज बिमाल किराती, त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, पार्टी निकट अखिल नेपाल ट्रेडयुनियन महासंघ प्रदेश कमिटी उपाध्यक्ष पदम दाहाल, उदयपुर निर्वाचन क्षेत्र १ (ख) संयोजक रामप्रसाद बराल, प्रेस सेन्टर नेपाल प्रदेश कमिटी सचिव गजेन्द्र राई लगायत अतिथिहरुको उपस्थित रहेको थियोे ।