प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा टेबल, प्रमुख प्रतिपक्षी एमाले लगायत ११ दलको विरोध र नाराबाजी (भिडियो)

काठमाडौ, २२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत दलको विरोधका बाबजुत प्रधानन्यायाधीश शुशिला कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव संसदमा आजै टेबल हुने भएको छ । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी एमाले लगायत ११ दलका सांसदले गरेको विरोध र नाराबाजीका बीच महाअभियोग प्रस्ताव अर्को वैठकमा टेबल हुने जनाउ दिएकी थिईन् । एमाले लगायतका विपक्षी दलले महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएपनि सभामुख घर्तीले संसदमा सो प्रस्ताव टेबल गराएकी हुन् ।

यसअघि सहमतिका सभामुखले एमाले लगायतका शीर्ष नेतासँग सिहदरवारमा छलफल गरेकी थिइन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *