प्रअको लापरवाहीले उदयपुरको एक विद्यालयको अवस्था कमजोर

उदयपुर, २१ बैसाख    प्रधानाध्यपकको लापरवाहीको कारण उदयपुरको एक विद्यालयमा पठन पाठन कमजोर बनेको छ । कमजोर बिद्यालयमा जिल्लाको पहाडी ताप्ली गाउँपालिका–१ ओख्ले स्थित महेन्द्र आधारभूत निम्न माध्यमिक बिद्यालय रहेको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल मगरका अनुसार प्रअ रामऔतार यादव धेरैजसो ब्यक्तिगत काममा लाग्ने,  समयमा विद्यालय उपस्थित नहुने, पठनपाठनमा ध्यान नदिने, प्रमूखको हैसियतले गर्नुपर्ने जिम्मेवारी वहन नगर्ने भएपछि विद्यलयको पठनपाठन कमजोर बनेको हो । अध्यक्ष मगरका अनुसार प्रअ अनुपस्थितिको मौका छोप्दै अन्य शिक्षकहरु समेतले पठनपाठनमा ध्यान दिएका छैनन् ।

शिक्षकहरु आलोपालो जस्तो गरेर विद्यालय आउने, आएपनि पठनपाठन नगरी हाजिर गरेर फर्कने उनको आरोप छ । धेरैजसो शिक्षकको अनुपस्थिति हुने र उपस्थिति भएपनि नपढाएपछि बालबालिकाहरु पढाईनै हुदैन भन्दै आफुखुसी घर फर्कने र विद्यालय जानसमेत नमान्ने अभिभावक मिनबहादुर परियारले बताए । “सरहरुको कारण हाम्रो बालबालिकाको भविष्य पो विग्रने भो !” उनले चिन्ता ब्यक्त गरे । करिब १३० जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा चालिस प्रतिशत भन्दा कम विद्यार्थी मात्र उपस्थित हुने गरेका छन् ।

प्राथमिक तहमा प्रअसहित ३, निमासीतहमा नीजितर्फ २, राहतकोटा १ गरी ६ जना शिक्षकहरु रहेपनि पालैलो गरेर ३÷४ जनाको मात्र उपस्थिति हुने गरेको छ ।

गाउँको विद्यालय, त्यसमा पनि अभिभावकहरुले विरोध गर्न नसकेपछि प्रअ लगायत शिक्षकहरुको लापरवाही बढेको हो । जतिनै प्रअलाई कमिकमजोरी सुधार गर्न मौका दिएपनि नसुध्रिएको र गरेर आप्mनै मनोमानीले चल्ने गरेको गुनासो अध्यक्ष मगरको छ । “कम्तिमा विद्यालय बाहिर जाँदा विब्यासलाई जानकारी गराउनुस् भन्दासम्म वास्तै छैन ।” उनले भने  ।

यस विषयमा प्रअ यादवलाई सम्पर्क गर्दा घरको ढलानको काम गर्न गएको बताए । विद्यालयबाट विदा नै नलिई घर गएका उनले अरु शिक्षकले विद्यालय सन्चालन गर्ने बताए । घरको ढलानको काम सकेर फर्कने बताएका प्रअ यादवले पत्रकारले सोधको थाहापाएपछि भने युनिसेफको जरुरी कामले निस्कदा घर आएको भन्दै ढाट्ने प्रयास गरे ।

सो क्षेत्रका विद्यालय नीरिक्षक चन्देश्वर शर्मासंग जिज्ञासा राख्दा अभिभावकको ब्यापक जनगुनासो आएकोले विद्यालयका सबै कागजपत्र र अवस्थाबारे निरिक्षण गरेर जवाफ दिने बताए ।

जाल्पा युवा समुह, नेवा लगायतका संस्थाहरुले समेत विद्यालयको आधारभूत आवश्यकता परिपूर्ती तथा पठनपाठनका लागि विभिन्न किसिमका सहयोगहरु दिदै आएको विद्यालयको अवस्था प्रअकै लापरवाहीले नाजुक भएपछि काम गर्न समस्या भएको जाल्पा युवा समुहका सामाजिक परिचालक विवेक मगरले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *