उदयपुर । नेपाल–चीन मैत्री तथा विकास मञ्च उदयपुरको १३ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । मञ्चको अध्यक्ष बिरेन्द्र बस्नेतको अध्यक्षता र त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष सुमन्त कोईरालाले प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटनको क्रममा प्रमुख अतिथि कोइरालाले नेपाल र चीन बिचको सम्बन्ध सदियौंदेखि रहेको बताए । अझै दौत्य सम्बन्ध सुमधुर गर्नको लागि सबै अघि बढ्नु पर्नेमा उनको जोड थियो । कार्यक्रममा सांगठनिक प्रतिबेदन संस्थाका सचिव नेत्र खड्काले प्रस्तुत गरेका थिएभने आर्थिक प्रतिबेदन कोषाध्यक्षको संस्थाका सदस्य काजिबहादुर बस्नेतले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका संस्थापक उपसभापति अकुर खडका, सल्लाकार महेन्द्र राई, आजीवन सदस्य प्रकाश खड्काले शुभकामना दिदै नेपाल र चीनबीचको दौत्य सम्बन्ध सुमधुर रुपमा अघि बढ्नु पर्ने बताए । उनिहरुले आगामी दिनमा संस्थाले गर्ने काम कर्तव्यहरु प्रष्ट रुपमा सबैलाई जानकारी दिनुपर्ने बताए ।
त्यसैगरि संस्थाका अध्यक्ष बस्नेतले नेपाल र चीन बिचको सम्बन्ध सदियौंदेखि रहेको बताए । उनले सम्बन्धलाई कायम राख्न चाडै एउटा कार्यक्रमको लागि सम्झौता हुनेमा आफु ढुक्क रहेको बताए । कार्यक्रममा संस्थाका उपाध्यक्ष महेश रोक्काले स्वागत मन्तव्य राखेका थिएभने संस्थाका बरिष्ठ सदस्य फिरन खड्काले कार्यक्रम सञ्चालन गरेका थिए । हाल संस्थाको मुख्य सम्पतीको रुपमा एउटा एम्बुलेन्स रहेको छ ।