चुुनावको चिन्ता नगरौँ, काम गरेर देखाऔँः गगन थापा

कटारी । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अन्य पार्टीका जस्तो ०८४ को चुनावी  चिन्ता नगरी काम गर्नुपर्ने बताएका छन्् । कटारीमा शुक्रबार आयोजित उदयपुर पार्टीको प्रथम सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले २०८० देखि ८३ सम्मको ४ वर्षे अवधिमा काँग्रेसले कुरा होईन, काम गरेर देखाउनुपर्नेमा जोड दिए ।
उनले राम्रा काम गर्ने पार्टीलाई जनताले त्यसै भोट दिएर जिताउने विश्वास पनि लिए । काँग्रेसले अव वर्षमा ५ लाख युवालाई रोजगारी दिनेगरी कार्यक्रम ल्याउने भन्दै उनले त्यसका लागि सरकारलाई अघि बढ्न सुझाए । तर, सेना,  प्रहरी, निजामति, बित्तीय संस्था र नीजिक्षेत्र सबैमा गरी वर्षमा ५० हजार पनि रोजगारी सिर्जना हुने अवस्था नरहेकाले काँग्रेससमेतको गठबन्धन सरकारलाई सघाउँदै युवा पलायन रोक्ने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।
गणतन्त्रमा अनुत्पादक खर्च भएको भनेर प्रदेश खारेजीको कुरा उठेको भन्दै उनले काँग्रेसले पञ्चायतकालमा १४ अञ्जल ७५ जिल्लामा भएको खर्चभन्दा कम बजेटमा ७५३ स्थानीयतह र ७ प्रदेश चलाउन सक्ने आर्थिक खाका पनि ल्याउने थापाले बताए । उनले खर्चका कारण संघीयता धरापमा पर्ने कुरामा कसैलाई शंका नगर्न पनि सुझाए । आर्थिक अनुशासनहीनता भने बढेको देखिएकाले संघ, प्रदेस र स्थानीयतहले मितव्ययिता अपनाउनुपर्नेमा उनको जोड थियो ।
सहमहामन्त्री भिष्मराज आङदम्बेले नेपाली काँग्रेस राणा, पञ्चायत र राजा फालेर आएको ऐतिहासिक र लोकतान्त्रिक पार्टी भएको बताए । प्रदेश १ मा जारी पहिचानपक्षधरको आन्दोलनतर्फ सकेत गर्दै पहिचानको मुद्धा पेचिलो भईरहेकाले आफ्नो भूगोल, पहिचान र धम्र्रप्रति सबैको लगाव हुनुलाई स्वभाविक अथ्र्याए । जारी आन्दोलनप्रति काँग्रेस सचेत रहेको बताउँदै उनले संविधान अपरिवर्तनीय दस्तावेज नभएकाले जनताको माग समेट्दै अघि बढ्न काँग्रेसले भूमिका खेल्नुपर्ने बताए । अहिले काँग्रेसी नेताहरु बोल्नेभन्दा काम गर्ने ठाउँमा रहेको भन्दै उनले सबैलाई .गफमा होईन, काममा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्मका सरकारले भौतिक विकासमा मात्र बजेट छुट्याउदै आएको तर, मानवीय विकासमा कसैको ध्यान नदिएको भन्दै आफु मुख्यमन्त्री भएपछि मानवीय विकासमा काम गर्न लागेको बताए । उने प्रदेशका १० वर्षमुनिका बालबालिकालाई चालु आर्थिकवर्षदेखि नै निःशूल्क उपचार सेवा दिने कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको बताए ।
त्यसैगरी मासिक १५ सय पारिश्रमिकमा रातदिन गाउँघरमा बिरामीको सेवामा खट्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रदेस सरकारले सम्मानसहित सरदाम दिन लागेको योजना सुना्रए । मुख्यमन्त्री कार्कीले बिराटनगरमा खोल्ने भनिएको काँग्रेस नेतृ स्व. शैलजा आचार्य स्मृति हृदयरोग केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याएर प्रदेसबासी जनतालाई सकेसम्म निःशूल्क मुटुको उपचार सेवा दिन लागेको कुरा पनि बताए । कटारी अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्न प्रस्ताव बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गर्दै प्रदेशबाट सक्दो सहयोग गर्ने बचन दिए ।
Facebook Comments