नेपाल उद्योग व्यापार महासंघको नयाँ नेतृत्वमा शर्मा र साह

उदयपुर । माओवादी केन्द्र निकट व्यापारीहरुको छाता संगठन नेपाल उद्योग व्यापार महासंघ उदयपुरको अध्यक्षमा राजकुमार शर्मा चयन भएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा शनिवार सम्पन्न महासंघको प्रथम अधिबेशनबाट शर्मा अध्यक्षमा चयन भएका हुन् ।

सम्मेलनले शर्माको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष चुडामणी कार्कीले बताए । निवर्तमान अध्यक्ष कार्कीका अनुसार समितिको उद्योग उपाध्यक्षमा बालकुमार सुयल र वाणिज्य उपाध्यक्षमा तिलक राई चयन भएका छन् । महासचिवमा प्रबेश खड्का र सचिबमा बेदबहादुर राई चयन भएका छन् ।

त्यसैगरी महासंघको कोषाध्यक्षमा भिमकुमारी राई चयन भएका छन् । यसैगरि सदस्यहरुमा चुडामणी कार्की, शेख इज्राइत, अभिस श्रेष्ठ, सुचन मगर, युसव अधिकारी, टिनकी ज्याला चौधरी र बिनिता चौधरी चयन भएका छन् । यसैगरी महासंघको सदस्यहरुमै जनदिप थापा, हिमराज मगर, चन्द्रबहादुर कार्की, टिकारामा गिरी, रन्जित साह, राधेश्याम साह र सिधेश्वर साह चयन भएका छन् ।

जिल्ला र नगरको संयुक्त रुपमा भएको अधिबेशनले उद्योग व्यापार महासंघ त्रियुगा नगरकमिटी अध्यक्षमा सुरज साहलाई चयन गरेका छन् । उनको अध्यक्षतामा १८ सदस्यीय नगरकमिटी सर्वसम्मत चयन गरेका हुन् । जसको उद्योग उपाध्यक्षमा आदेश राई र वाणिज्य उपाध्यक्षमा शंकर साह चयन भएका छन् ।

महासंघको महासचिवमा अनवर अलि र सचिवमा राकेश यादब चयन भएका छन् । त्यसैगरी महासंघको कोषाध्यक्षमा लक्ष्मी राई र सह–कोषाध्यक्षमा आनन्द भगत चयन भएका छन् । यसैगरि सदस्यहरुमा उपेन्द्र साह, पञ्चहिरा राई, अशोक बि.क., अन्सारुल अलि, कृष्ण रौनियार र पानालाल भगत चयन भएका छन् ।

यसैगरी महासंघको सदस्यहरुमै सन्तोष राई, टेकबहादुर मगर, रेवत कुमार रोक्का, किरण कुमार साह र मनोज कटुवाल चयन भएका छन् । कार्यक्रममा पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, त्रियुगा नगरकमिटी अध्यक्ष मानबहादुर राई, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भोटराज राई, प्रदेश १ का सचिब गजेन्द राई, त्रियुगा १४ साउनेका वडाअध्यक्ष हेमराज मगर लगायत जनबर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको बाकुलो उपस्थिति रहेका थिए ।

Facebook Comments