चौदण्डिगढी । उदयपुरमा नवौं नारदमुनी थुलुङ स्मृति गोल्डकप असोज २७ देखि सुरु हुने भएको छ । गोल्डकप जिल्लाको चौदण्डिगढी नगरपालिका ४ बसाहास्थित नारदमुनी थुलुङ स्मृति रंगशालामा हुने छ ।
गोल्डकप बारे बुधबार आयोजित एक पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका छन् । गोल्डकप प्रतियोगिताको लागि कूल ५३ लाख खर्च हुने प्रक्षपण गरिएको छ ।
प्रतियोगितामा गोर्खा ब्वाइज झापा, एभरेष्ट क्लव सुनसरी, कटारी एफसी उदयपुर, बसाहा क्लव उदयपुर, बागमति स्पोर्टस क्लव सर्लाही, चारतारे एफसी क्लव मोरङ, न्यू त्रियुगा स्पोर्टस क्लव सप्तरी र एभिनियर एफसी काठमाण्डौगरी आठ ओटा टिमले सहभागिता जनाउने छ । कार्यक्रममा स्थानीय समाजसेवी भुपेन्द्र राई, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर र क्लवका अध्यक्ष गौतम राईको उपस्थिती रहेको थियो ।
Facebook Comments