उदयपुरको ब्रोदर्श रेष्टुरेन्टमा यौनजन्य धन्दा, रेष्टुरेन्ट सन्चालक सहित दुई युवा पक्राउ

गाईघाट । उदयपुरको गाईघाटस्थित ब्रोदर्श रेष्टुरेन्टमा अबैध यौनजन्य धन्दा सन्चालन हुदै आएको पाईएको छ । गाईघाट बजारस्थित पिपलचोकमा रहेको रेष्टुरेन्टमा नाबालिकाहरुलाई प्रयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयले जनाएअनुसार पीडित एक बालिकाले दिएको उजुरीको आधारमा त्रियुगा नगरपालिका १० पाटनदेवी टोल घर भई रेष्टुरेन्ट सन्चालन गर्ने बर्ष २६ को अनिल सेवा र लाहान नगरपालिका वडा नम्बर १९ पटहा टोल बस्ने बर्ष २९ को सतिश कुमार यादब पक्राउ परेको छ । उनिहरु विरुद्ध सोमबार अर्का एक पीडित बालिकाको अभिभावकहरुले पनि प्रहरीमा उजुरी दर्ता गराएका छन् ।

उजरीमा आफ्नो नाबालिका छारीलाई बिभिन्न प्रलोभन देखाई सेवा र यादवले रेष्टुरेन्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यमा संलग्न गराउदै आएको उल्लेख छ । रेष्टुरेन्ट सन्चालक सेवा र यादव मिलेर रेष्टुरेन्टमा आएको ग्राहकहरुसँग ठूलो रकमको मोलमोलाई गरी बालिकाहरुलाई यौनजन्य कार्यमा संलग्न गराउदै आएको समेत उजुरीमा उल्लेख छ ।

उनिहरुले बालबालिकाहरुलाई लाहानसम्म पु¥याउदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । अनुसन्धानमा रेष्टुरेन्ट सन्चालक सेवाले फेमली नामको गेष्ट हाउस समेत सन्चान गर्दै आएको छ ।

सेवाले रेष्टुरेन्टको माथिल्लो तलामा सन्चालन गदै आएको फेमली गेष्ट हाउसमा यौनजन्य धन्दा सन्चालन गराउदै आएको छ । हाल उनिहरुलाई मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी कसूर अन्तरगत मुद्दा दर्ता भएको छ ।

भिडियोः

Facebook Comments