प्रधानमन्त्रीले नै जातिय हिंसा फैलाएः एमाले नेता बस्नेत 

उदयपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा नेता महेश बस्नेतले मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नै सामाजिक सद्भाव विथोल्ने काममा लागेको बताए । उनले प्रधानमन्त्री दाहाल हिंसात्मक गतिबिधिमा संम्लग्न रहदै आएको समेत आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल उदयपुरको दशौँ जिल्ला अधिवेशनको उद्घाटन पूर्व प्रेस चौतारी नेपालले सदरमुकाम गाईघाटमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले आरोप लगाएका हुन् । बस्नेतको अतिजातिवादी र अराजक तत्वहरुको झुण्डलाई प्रोत्साहन पुग्ने गरी प्रधानमन्त्रीले प्रसय दिएको आरोप समेत छ ।

प्रधानमन्त्रीले पछिल्ला समय देशलाई अस्थिरतातर्फ धकल्ने र जबर्जस्ती हिंसात्मकतर्फ लैजाने अभिव्यक्तिहरु दिईदै आएकोले यस बिषयमा एमाले चुपलागेर बस्न नसक्ने चेतावनी समेत दिए छन् । उनले पहिचानका नाममा प्रधनमन्त्रीको संम्लग्नतामा नै जातिय, धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने गिरोह सकृय भएको बताए ।

एकातर्फ अतिहिन्दुवादीहरु धर्मको नाममा छिमेकी मुलुकबाट भित्र्एिको, अर्कोतर्फ अतिजातिवादीहरु बर्षौदेखिको सामाजिक सद्भाव विथोल्न हिंसात्मक गतिविधि मच्चाईरहेको नेता बस्नेतको भनाई छ । बस्नेतले सामाजिक सद्भाव, राष्ट्रिय एकता सहितको समुद्धीको यात्रा नै एमालेको पहिचानभएको स्पष्ट पारे । उनले राष्ट्रिय एकतार सामाजिक सद्भावलाई दरो बनाउन खोज्दा राष्ट्रिय राजनीतिमा नै एमालेमाथि आक्रमण भएको बताए ।

भिडियोः

Facebook Comments