उदयपुर । उदयपुरमा माओवादी केन्द्रको “जनतासँग माओवादी, विशेष रुपान्तरण ३ महिने अभियान” बिभिन्न कार्यक्रमहरु गर्दै उद्घाटन गरिएको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लाको वडा वडामा पार्टीको नेता तथा कार्यकर्ताहरुले सो कार्यक्रम गरेको पार्टी जिल्ला समन्वय समितिका अध्यक्ष बिनोद कटुवाल (दिवस)ले बताए ।
अभियानकै क्रममा त्रियुगा नगरपालिकाको १ देखि १६ ओटै वडाहरुमा यो अभियान सन्चालन भएको छ । अभियान पार्टीका अनुसासन आयोगका अध्यक्ष टंक राईले उद्घाटन गरेका थिए । उद्घाटनको पहिलो दिन सरसफाई, श्रमदान, पार्टी कार्यालय उद्घाटन, छलफल तथा अन्तरक्रिया लगायतको कार्यक्रम गरिएको हो ।
अभियानको क्रममा त्रियुगा नगरपालिका १० वडा पार्टीले आफ्नो वडामा रहेको जिल्ला अस्पताल सरसफाई गरेको थियो । त्यसैगरि त्रियुगा १२ वडा पार्टीले बिसनपुर हरितपार्कमा बृक्षारोपन गरेको नगर पार्टी अध्यक्ष मान बहादुर राईले बताए । अध्यक्ष राईका अनुसार अन्य वडाहरुमा पनि बिभिन्न शिर्जनात्मक कामहरु गरी तिन महिले अभियानको सुरुवात गरिएको छ ।
अभियान सुरुवातिको क्रममा पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघ कोशी प्रदेशले उदयपुरको सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजनागरि अभियानको उद्घाटन गरेका छन् । कर्मचारी महासंघ उदयपुरका अध्यक्ष रितकुमार राउतका अनुसार प्रदेश भरिका कर्मचारीहरु सहभागि थिए ।