उदयपुरमा माओवादी केन्द्रले अभिमुखिकरण तालिम संचालन गर्ने

उदयपुर । नेकपा नेकपा (माओवादी केन्द्र) त्रियुगा नगरकमिटीले अभिमुखिकरण तालिम संचालन गर्ने भएको छ । केन्द्रको निर्णयअनुसार तिन महिने पार्टी सुद्दढिकरण अभियान तयारीका लागि सो तालिम संचालन गर्न लागिएको हो ।

तालिम भदौ ८ गते बिहान १० बजेदेखि संचालन हुने त्रियुगा नगरकमिटी अध्यक्ष मानबहादुर राईले बताए । अध्यक्ष राईका अनुसार तालिम त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा संचालन हुने छ ।

तालिममा त्रियुगा नगरकमिटीका पदाधिकारीहरु मात्र सहभागिता हुने छन् । तालिमको सहजीकरण प्रदेश र केन्द्रीय स्तरका नेताहरुले गर्ने पार्टीका सूचना तथा सञ्चार विभाग प्रमुख गजेन्द्र राईले बताए ।

प्रमुख राईका अनुसार अभिमुखिकरण तालिमले पार्टी सुद्दढिकरण अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिमपछि नगरभित्रको विभिन्न गाउँ, टोल र बस्तिसम्म पुग्ने अभियान रहेको छ ।

‘जनताको साथी, घर–घरमा माओवादी’ भन्ने नाराका साथ पार्टी कमिटी, जबस मोर्चाहरुको गठन, पुर्नगठन गरिने छ । त्यसै क्रममा जनतासँग भेटघाट, छलफल, अन्तरक्रिया, सहिद परिवारलाई सम्मान लगायतका गतिविधिहरु गरिने छ ।

अभियानकै क्रममा नगरपालिकाको १६ वटा वडाहरुमा रहेको तिन सय ९६ वटा टोल कमिटीसँग पुनः छलफल र भेटघाट गरिने छ । छलफल र भेटघाटपछि सबै वडा तहसम्म युवा, बिद्यार्थी, महिला, किसान लगायतका जनवर्गीय संगठनका कमिटीहरु समेत गठन गरिने छ ।

Facebook Comments