ताप्लिका युवायुवतीलाई सिपसँगै प्रविधि सहयोग

ताप्लि । उदयपुरको ताप्ली गाउँपालिकाका युवायुवतीलाई सिपसँगै गरिखाने प्रविधि उपलब्ध गराइएको छ । सिप सिकेर स्वदेशमै केही गर्ने अठोट बोकेका ३३ जना युवायुवतीलाई वल्र्डभिजन इन्टरनेशन नेपालसँगको सहकार्यमा मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले सिपमुलक तालिम र प्रविधि उपलब्ध गराएको हो ।

एक्सपर्ट टेक्निकल कलेज नेपालको सहजिकरणमा संस्थाले रोजगारसँग जोडिने गरी ३ सय ९० घण्टाको लेवल वान सिलाईकटाई र प्लम्बिङ्ग तालिम दिई प्रविधि उपलब्ध गराएको हो । तालिममा सिलाईकटाईतर्फ २२ र प्लम्बिङ्गतर्फ ११ जनाको उपस्थिति रहेको संस्थाका सहजकर्ता महन्थ ठकुरीले बताए ।

सिकेको सिपलाई व्यवहारमा उतार्न सिलाईकटाईतर्फ २२ हजार ७ सय ९९ मुल्यको सात प्रकारका र प्लम्बिङ्गतर्फ २१ हजार १ सय ४० मुल्य बराबरको १४ प्रकारका गरी ८ लाख २२ हजार १ सय १८ रुपैँयाको प्रविधि उपलब्ध गराएको संस्थाका सदस्य भरत खड्काले बताए । सदस्य खड्काका अनुसार उनीहरुलाई व्यवसायिक र रोजगारसँग जोडिन सामग्री समेत बितरण गरिएको छ ।

Facebook Comments