



उदयपुर । उदयपुरमा पत्रकार शुद्धिकरणको विषयलाई लिएर उजुरी परेपछि खैलाबैला मच्चिएको छ । नेपाल पत्रकार महासंघ शाखा उदयपुरले केन्द्र र प्रदेशको मापदण्ड विपरित शुद्धिकरण र नयाँ सदस्यता वितरण गरेको बिषयलाई लिएर उजुरी परेपछि खैलाबैला मच्चिएको हो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशको कार्यालय विराटनगरले शुद्धिकरण र नयाँ सदस्यताको विषयलाई लिएर असार १० गतेसम्म कोशी प्रदेशमा गुनासो वा उजुरी दिने समय तोकेको थियो । सोही अनुसार उदयपुरबाट पनि केही उजुरी परेको महासंघ कोशी प्रदेशको कार्यालयले जनाएको छ । हाल उजुरी दिने व्यक्तिहरुको नाम पहिचान नभएकोले एकअर्कालाई शंका गर्दै पत्रकार बृतमा छलफलको विषय बन्न पुगेको छ ।
पत्रकार महासंघ शाखा उदयपुरमा आवद्ध ९८ जना पत्रकारहरु मध्ये ८३ जना नाम नविकरणको लागि सिफारिस गरिएको थियो । त्यसमध्ये १५ जना पत्रकारहरु शुद्धिकरणमा परेको थियो । शुद्धिकरणमा परेका पत्रकारहरु नेपाल सरकारका स्थायी निजामति कर्मचारीहरु हुन् ।
शाखाले निजामति कर्मचारी क्षेत्रमा प्रबेश गरेका सदस्यहरुलाई मात्र शुद्धिकरणको मापदण्ड अनुसार कार्वाही गरेको भन्दै जिल्लामा असन्तुष्टि चुलिएको थियो । पत्रकारितामा क्रियाशिल नरहेको, पत्रकारिता छोडेर अन्य पेशा व्यवसाय लागेको, बिभिन्न राजनैतिक दलको बिभिन्न पदाधिकारी रहेको जस्ता सदस्यहरुको नाम मापदण्ड विपरित नविकरणका लागि सिफारिस गरिएको प्रदेश महासंघ विराटनगरमा परेको उजरीमा उल्लेख ।
उजुरीमा नयाँ सदस्यताको लागि २२ जनालाई सिफरिस गरिएको उल्लेख छ । धेरैजसो सिफारिसमा परेको नामका पत्रकारभन्दा बाहिरको व्यक्तिहरु नयाँ सदस्यताका लागि सिफारिस गरिएको समेत उजुरीमा उल्लेख छ ।
पत्रकार महासंघ कोशी प्रदेशका महासचिब बिबेक गौतमले उदयपुरबाट ६ ओटा उजुरी परेको बताए । महासचिब गौतमका अनुसार कुनै उजुरी नाम सहित छभने कुनै उजुरी बेनामे रहेको छ ।
विस्तृत जानकारी प्रदेश कार्यालयमा परेको एक उजरीबाटः