कोशी प्रदेशका उपसभामुख, त्रियुगा उपमेयरको गाडी तोडफोड

उदयपुर । उदयपुरमा कोशी प्रदेशका उपसभामुख, स्वास्थ्य मन्त्री र त्रियुगा नगरपालिकाका उपमेयरको गाडी तोडफोड भएको छ । बिहिबार त्रियुगा नगरपालिका ३ भुल्केको एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उपसभामुख सिर्जना दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई चढेको गाडी तोडफोड भएको हो ।

गाडी कोशी प्रदेशको पुनः नामाङ्गनकरणका लागि आन्दोलनरत आन्दोलनकारीहरुले ढुंगामुढा गर्दा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) ज्ञानेन्द्र फुयालले बताए । एसपी फुयालका अनुसार ढुंगामुढाको क्रममा उपसभामुख दनुवार सवार गाडीको झण्डा हराएको छ ।

त्यसैगरि उपमेयर राई सवार गाडीको बिभिन्न सिसा फुटेको छ । आन्दोलनको क्रममा प्रदेशका स्वास्थ्य मन्त्री तिलकुमार मन्याङबो लिम्बुलाई कालो झण्डा देखाएर बिरोध गर्ने आन्दोलनरत पक्षको योजना थियो ।

मन्त्री लिम्बु आन्दोलनरत पक्षको आँखा छल्दै भुल्केबाट जोगिदह हुदै भागेका थिए । उनै मन्त्रीलाई बिदा गरेर फर्केका उपसभामुख दनुवार र उपमेयर राईको गाडी तोडफोड भएको थियो ।

उदयपुरमा पनि अन्य जिल्लामा जस्तो कोशी प्रदेश पुनः नामाङ्गनकरण संघर्ष समितिले सशक्त आन्दोलन गर्दै आएको छ । तोडफोडको क्रममा प्रहरी र आन्दोलनकारी बिच धकेलाधकेल भएपनि दुबै पक्ष क्षेति नभएको प्रहरीले जनाएको छ ।

भिडियोः

Facebook Comments