जागिरको प्रलोभन देखाएर घुस मागेपछि चौदण्डीगढी नगरपालिकामा तालाबन्दी

चौदण्डीगढी । उदयपुरको चौदण्डीगढी नगरपालिकामा आईतबार तालाबन्दी गरिएको छ । दिनानुदिन भ्रष्टचार मौलाएको भन्दै क्रियाशील दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) लगायतका पार्टी र नागरिक समाजका प्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।

तालाबन्दी मेयर कालुमान लामा र प्रमुख प्रशाकीय अधिकृत चित्रप्रसाद गुरागाईको कार्यकक्षमा गरेका थिए । गत बुधबार मेयर लामाको स्वकीय सचिव देवप्रकाश राईले एक सेवाग्राहीसँग जागिरको प्रलोभन देखाएर डेढ लाख रुपैयाँ घुस मागेको फोन संवाद सार्वजानिक भएपछि आन्दोलन सुरु भएको हो ।

सो घटनाको सत्यतथ्य छानविनगरी दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै आफहरु आन्दोलित हुनुपरेको नेकपा (माओवादी केन्द्र) चौदण्डीगढी नगर कमिटी अध्यक्ष दिनेश राईले बताए । अध्यक्षा राईका अनुसार घटनाको सत्यतथ्य छानविन हुनुपर्ने, पुराना करार कर्मचारीलाई नै यथावत पुनर्वाहाली गर्नुपर्ने, अख्तियार दुरुपयोग आयोगले छानविनगरी कारबाही गर्नुपर्ने लगायतका माग राखिएको छ ।

तालाबन्दी गर्न कार्यालय पुगेका उनिहरुले नारावाजी गर्दै मेयर लामाको राजिनामा र प्रमुख प्रशाकीय अधिकृत गुरागाईको माग समेत राखेको थियो । फत्तेपुरका गुडडुकुमार मण्डलले आफ्नो बैनीको लागि अनमी पदमा दरखास्त दिएको बुझिन्छ । जागिर लगाईदिए बापतको रकम मोलमोलाई गर्दै गरेको संवाद गत बुधबार सार्वजनिक भएको थियो ।

अहिले पनि स्वकीय सचिव राईले डेढ लाख रुपैयाँ घुस मागिरहेको फोन संवादको क्रममा प्रष्ट सुन्न सकिन्छ । नगरपालिकाले गत माघ १७ गते विभिन्न पदमाको लागि ५५ जनाको दरखास्त आह्वान गरेको थियो ।

Facebook Comments