एकिकृत अखिल नेपाल शिक्षक संगठनको नयाँ नेतृत्वमा देवी राई

उदयपुर । माओवादी केन्द्र निकट शिक्षकहरुको छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन उदयपुरको अध्यक्षमा देवी राई चयन भएका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित पार्टी कार्यालयमा शनिवार सम्पन्न संगठनको पाँचौ सम्मेलनबाट राई अध्यक्षमा चयन भएका हुन् ।

सम्मेलनले राईको अध्यक्षतामा २४ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष राधारमण खतिवडाले बताए । निवर्तमान अध्यक्ष खतिवडाका अनुसार समितिको उपाध्यक्षमा माधब बहादुर राउत चयन भएका छन् । सचिवमा लाल बहादुर तामाङ ‘मिलन’ चयन भएका छन् ।

त्यसैगरी संगठनको कोषाध्यक्षमा बालकृष्ण काफ्ले चयन भएका छन् । यसैगरि सदस्यहरुमा अगमशेर राई, कृष्णा कुमारी श्रेष्ठ, मिन बहादुर मगर कबिर रखाल, शेर बहादुर आले र मोहन समाल चयन भएका छन् ।

यसैगरी संगठनका सदस्यहरुमै टंक कुमारी पोखरेल, यस बहादुर राई, शेरजङ ठकुरी, युवराज बि.क., खड्ग सिं राई, राम बहादुर केप्छाकी मगर, सिंह बहादुर भुजेल, लिला कुमारी पाख्रिन, भिम राई, चन्द्र कुमार राई, युवराज खत्री र लिला कुमारी राई चयन भएका छन् ।

कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य सुरेशकुमार राई ‘हिमाल’, पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मोहन बहादुर खत्री ‘दिपक’, संगठनका प्रदेश १ का अध्यक्ष खड्ग थापा, केन्द्रीय सदस्य पदम बहादुर खड्का, प्रेस सेन्टर नेपाल प्रदेश १ का सचिब गजेन्द राई, त्रियुगा १४ साउनेका वडाअध्यक्ष हेमराज मगर लगायत अतिथिहरुको उपस्थिति रहेका थिए ।

Facebook Comments