पत्रकारमाथि वडाध्यक्षबाट दुर्ब्यवहार र ज्यानकाे धम्की

उदयपुर । उदयपुरका पत्रकार राजेन्द्र दुष्टलाई चौदण्डीगढी नगरपालिका – ९ का वडाध्यक्ष प्रकाश राउतले रिपोर्टिङका क्रममा दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएका छन् । स्थानीय भिम सामुदायिक वन क्षेत्रभित्र पर्ने द्वारखोलामा भईरहेकाे अवैध गिटी उत्खननकाे रिपोर्टिङमा जाँदा वडाध्यक्ष राउतले यस्ताे व्यवहार गरेकाे राईले बताए ।

उत्खनन् स्थलमा खन्दै गरेकाे जेसिविकाे फाेटाे खिच्ने क्रममा अध्यक्ष राउतले क्यामेरा र माेवाईल खाेस्दै गालीबेईजती गरेकाे र सातपुस्ते थाहा छ भन्दै ज्यानकाे धम्की दिएकाे पत्रकार राईले बताए । खाेसाखाेस हुँदा माेवाईल क्षति भएकाे उनले बताए । राई चाैदण्डीगढी मिडियाका पत्रकार हुन् । नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फाेनिज) काे १ नं. प्रदेश उपाध्यक्षसमेत रहेका राईले जनप्रतिनिधि भएर वडाध्यक्षले गुण्डागर्दिकाे शैलीमा आक्रमण गरेकाे बताए ।
जंगल क्षेत्र पर्ने ठाउमा आइइ नै नगरी वडाध्यक्षकाे उपस्थिति र निर्देशनमा उत्खनन् भईरहेकाे स्थानीयकाे आराेप छ । उनी विगतदेखि नै विभिन्न घटनामा विवादित बन्दै आएका छन् । वडाध्यक्ष राउतले पत्रकारलाई पाेल लगाएकाे आराेप लाउदै साेहि स्थानमा स्थानीय राकेश हुजदारसंग विवाद गरेका थिए । विवादकै क्रममा एकआपसमा कुटाकुट भएपछि दुबैपक्षलाई चाेटपटकसमेत लागेकाे प्रत्यक्षदर्शीले बताए ।

वडाध्यक्ष राउत मादक पदार्थसेवन गरेकाे अबस्थामा रहेकाे बताईएकाे छ । घटनाबारे बुझ्न अध्यक्ष राउतसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
पत्रकारमाथिकाे दुर्व्यहार आपत्तिजनक रहेकाे नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । घटनाकाे खबरपछि प्रहरीले दुबै पक्षलाई ईलाका प्रहरी कार्यालय लगेकाेमा दुबै पक्ष उपचारपछि भाेली छलफलमा बस्नेगरी छाडिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

Facebook Comments