वडाअध्यक्ष कुमाईलाई शिक्षक कुटेको आरोप

लक्ष्मी पोखरेल
लिम्चुङबुङ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ३ बाराहाका वडाअध्यक्ष गुरुमणी कुमाईलाई स्थानीय शिक्षक कुटपिट गरेको आरोप लागेको छ । उनलाई स्थानीय अन्नपूर्ण आधारभूत विद्यालयका शिक्षक राजन राउतलाई निर्घात कुटपिट गरेको आरोप छ ।

पीडितका अनुसार मादक पदार्थ सेवन गरेका वडाअध्यक्षलाई अनियन्त्रित र अभद्र नहुन सुझाव दिदा शिक्षकले कुटाई खाएका थिए । तर, यस विषयमा वडाअध्यक्ष कुमाईले शिक्षक राउतलाई आफुले कुटपिट नगरेको बताएका छन् ।

उनले शिक्षक राउत छिमेकी भएकाले बाबुसँग सामान्य भनाभन कुरा चहि आफुले सुनेको बताए । शिक्षक राउतलाई आफुले कुटपिट गरेको भन्ने आरोप कपोकल्पित र निरधार भएको अध्यक्ष कुमाईले बताए ।

अहिले शिक्षक राउतको काठमाडौं स्थित एक अस्पतालमा उपचार भईरहेको छ । यस विषयलाई लिएर दुबै पक्षले लिम्चुङबुङ प्रहरी चौकीमा उजुरी दिएका छन् । उजुरी माथि छलफल भने हुन बाकी रहेको प्रहरीले जनाएका छन् ।

Facebook Comments