शिक्षक युवराज कार्कीद्धारा समाचारको खण्डन

मिति २०७९ साउन ९ गतेका दिन निगरानी सञ्चार प्रालिद्धारा सञ्चालित निगरानी पोष्ट डटकमको अफिसियल यूटुब च्यानलमा मेरो बारेमा प्रकाशन तथा प्रसारण गरिएको समाचार निरादर कपोकल्पित झुटो र भ्रामक रहेको कुरा यसै सञ्चार माध्यमबाट सम्पूर्णमा जानकारी गराउन चाहन्छु । यस्ता झुटा समाचार प्रशारणले जोकोहीको पनि व्यक्तिगत जीवनमा गम्भिर असर पर्ने र समाजमा नकरात्कम सन्देश जाने तथा समाजलाई नकरात्कम दिशातर्फ उन्मुख गर्ने हुनाले पूर्वाग्रही तरिकाले गलत समाचार प्रकाशनको विरुद्धमा सम्बँिधत निकायमा नियमनको लागि प्रकृया अगाडि बढाईने हुँदा पुनः यस्ता भ्रामक समाचार प्रकाशन तथा प्रशारण नगर्नहुन अनुरोध गर्दछु । साथै यस्ता गलत र भ्रामक समाचारप्रति विश्वास नगर्न पनि सम्पूर्णमा हार्दिकताका साथ अपिल गर्दछु ।

युवराज कार्की
शिक्षक
श्री जनता माबि रसुवा लाफागाउँ, उदयपुर

Facebook Comments