



जलजले । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडका नवनियुक्त अध्यक्ष केशव कुमार बस्नेतले पदवाहाली गरेका छन् । उनले बुधबार एक समारोह बिच पदवाहाली गरेका हुन् ।
अध्यक्ष बस्नेतलाई २०७९।०४।१४ गते बसेको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो । संचालक समिति अध्यक्ष त्रियुगा १० बोक्से स्थानीयबासी हुन् । पदबहाली कार्यक्रममा महाप्रबन्धक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु र क्रियाशिल ट्रेड युनियनका तर्फबाट स्वागत गरेका थिए ।
अध्यक्ष बस्नेतलाई स्वागत गर्दै उद्योगको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेज्यूले उदयपुर सिमेन्ट उद्योगको समग्र वस्तुस्थितीको बारेमा जानकारी गराए थिए । बस्नेतसँगै नवनियुक्त संचालक समिति सदस्यहरु लिल बहादुर बस्नेत, कुवेर प्रसाद राई, रमेश कुमार चौधरीलाई समेत उद्योगको तर्फबाट स्वागत गरेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।
सोहि अवसरमा नवनियुक्त अध्यक्ष बस्नेतले उत्पादन बृद्धि गर्न अत्यावश्यक पर्ने लगानीको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै गरे । आफु स्थानीयबासी भएको नाताले समेत यस उद्योगको उत्पादनको लागि खानीमा रहेको गुणस्तरीय तथा अपार चुनढुङ्गको प्रयोग गरी सबैको साथ सहयोग लिएर अगाडी बढ्ने बस्नेतले बताए ।
उद्योगमा जडान गरिएको मिल मेसिनरीहरु जिर्ण अवस्थामा रहेकोले सोको पुनः निर्माणका लागि नेपाल सरकारवाट अनुदान, नेपाल सरकार वा कुनै वाणिज्य बैकवाट सहुलियत ऋण लिई पुनः निर्माण÷प्रतिस्थापन तथा मर्मत सम्भार गरी उद्योगको जडित क्षमता अनुसार उत्पादनमा रकम जुटाउने उद्योगले जारी गरेको एक विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उद्योगको खानी क्षेत्रमा रहेको चुनढुङ्गाको ३० वर्ष भित्रमा उचित सदुपयोग गर्न पहल कदमी गर्ने, गैंडा छाप सिमेण्टको गुणस्तरलाई कायम राख्न व्यवस्थापन, कर्मचारी युनियन लगायत आम कर्मचारीहरुसँग मिलेर अघि बढ्ने अध्यक्ष बस्नेतको कुरा उल्लेख गरिएको छ ।