पदभार सम्हाल्दै वडाअध्यक्ष मगरद्धारा तिन महत्वपूर्ण निर्णय सार्वजनिक

त्रियुगा । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १४ साउनेका वडाअध्यक्ष हिमराज मगरले पदभार सम्हाल्दै तिन महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् । सोमबार वडाअध्यक्षका रूपमा कार्यभार सम्हाल्दै उनले सो निर्णय सार्वजनिक गरेका हुन् ।

जसमा प्रस्ताव नम्वर १ माथी छलफल गर्दै साउने चोक, वडाभित्र रहेको प्रत्यक सरकारी कार्यालय र विद्यालयहरुमा फ्री वाईफाई जडान गर्ने निर्णय गरेका छन् । त्यसैगरि प्रस्ताव नम्वर २ माथी छलफल गर्दै वडामा रहेको स्वास्थ्य संस्थाबाट सुत्केरी गराउदा सुत्केरी आमा र नवजात शिसुलाई स्वास्थ्य र पोषणको लागि ३ हजारको दरले सहयोग गर्नेे निर्णय गरेका छन् ।

यसैगरि प्रस्ताव नम्वर ३ माथी छलफल गर्दै साउनेमा ‘हामी सबैको रहर, त्रियुगा सुन्दर सफा गाउँ सहर’ अनुरुपको अभियान संचालन गर्ने निर्णय गरिएको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पदभार सम्हालेका अध्यक्ष मगरले सबै मतदाता र वडावासीहरुलाई धन्यवाद दिएका छन् ।

अध्यक्ष मगरले विभिन्न पार्टी र आस्थाबाट निर्वाचनमा सहभागी भएपनि आफु सबैसँग मित्रभावले सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् । कार्याक्रममा निर्वतमान वडाजनप्रतिनिधि, वडामा कार्यतर कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायत अतिथिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments