सार्ने नाममा निर्वाचन नटार्न युवासंघको आग्रह

खोटाङ – युवासंघ खोटाङले तोकिएकै मितिमा निर्वाचन गर्न माग गरेको छ । पहिलो र दोश्रो चरणका नाममा सरकार निर्वाचनलाई टार्ने खेलमा लागेको भन्दै युवासंघले निर्धारित मितिमै निर्वाचन गर्न माग गरेको हो ।

बुधबार दिक्तेलस्थित एमाले पार्टी कार्यालयबाट र्यालीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेको युवासंघको टोलीले प्रधानमन्त्री मन्त्री परिषदको कार्यालयमा ज्ञापनपत्र पठाउँदै निर्वाचन ‘सार्ने नाममा निर्वाचन टार्ने’ षड्यन्त्र अन्त्या गर्न माग गरेको हो ।

युवासंघले संविधान संशोधन प्रस्ताव फिर्ता लिन, चुनावको स्वीकार्यताका नाममा तराईमा स्थानीय तहको संख्या नथप्न, तोकिएको मितिमा निर्वाचन गर्नबाट पछि नहट्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेललाई ज्ञापनपत्र बुझाउँदै युवासंघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले हिमाल–पहाड र तराईलाई उपेक्षा गर्दै स्थानीय तहको अधिकार कटौती गर्ने, माथिल्लो सदनमा स्थानीय तहको भोटिङ अधिकार कटौती गर्ने गलत र राष्ट्रहित विपरितका काम भइरहेकाले खबरदारी गर्नुपर्ने अवस्था आएको बताए ।

विभिन्न बाहनाबाजीमा चुनावलाई टार्ने षडयन्त्रका विरुद्ध एकजुट हुन नागरिकलाई आग्रह गर्दै युवा संघले चुनावमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *