उदयपुरमा पाँच दिने आधारभूत पत्रकारिता तालिम

उदयपुर । पत्रकारिता क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ उदयपुर शाखाले पाँच दिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले तालिमको आयोजना गरेको हो ।

तालिमको अभावमा सामाजिक संजाल, युटुव च्यानलमा जथाभावि सूचनाहरु प्रशारण गर्दा सिंगो पत्रकारिता क्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएकाले महासंघले उनीहरुलाईसमेत लक्षित गरी तालिम आयोजना गरेको अध्यक्ष भरत खड्काले बताए । प्रदेश सभा सदस्य अम्बिका थापाको संसदिय विकास कोष र त्रियुगा नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा उदयपुर र छिमेकी जिल्ला खोटाङ्गका गरी ५० जनाको सहभागिता रहेको उनले बताए ।

पाँच दिनसम्म सञ्चालन हुने तालिमको सहजिकरण त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक डाक्टर विजय मिश्र, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले गर्नु हुने तालिम संयोजक गणेश उप्रेतीले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रको विकृती विसंगतिको अन्त्य गर्दै स्वतन्त्रपुर्वक कलम चलाउने बाटोमा अग्रसर हुनु पर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले मुलुकको समृद्धी र विकास निर्माणमा पत्रकारको महत्वपूर्ण भुभिका रहने हुँदा निरन्तर खवरदारी दिसामा उभिनु पर्ने बताए ।

Facebook Comments