उदयपुरमा प्रमुख जिल्ला अधिकारीद्धारा जारी आदेशको उल्लंघन गर्दै सामुदायिक बनहरु

त्रियुगा । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को जोखिमलाई ख्याल गर्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी बीरेन्द्र कुमार यादबबाट जारी गरिएको आदेशलाई जिल्लाका केही सामुदायिक बनहरुले उल्लंघन गर्ने देखिएको छ । बिषेशगरि जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्से स्थित बाबरी सामुदायिक बन र नबउदय सामुदायिक बनले उल्लंघन गर्ने देखिएको हो ।

सो सामुदायिक बनहरुले आफ्नो समुहको आमभेला बोलाएर उक्त आदेशको उल्लंघन गर्न लागेको हो । समुहले प्रमुख जिल्ला अधिकारी यादबद्धारा २०७८ पुष २७ गते जारी गरिएको आदेशलाई उल्लंघन गर्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारी यादबद्धारा जारी आदेशको वुदा नम्बर एकमै भौतिक रुपमा २५ जना भन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा, जुलुस, सम्मेलन, प्रदर्शन, भेला, मेला, जात्रा, महोत्सब सञ्चालन गर्न लोक लगाएको छ । तर, सामुदायिक बनले भेला गर्दा कम्तिमा एक हजारभन्दा बढी संख्यामा मानिसहरु भेला हुने स्थानीयहरु बताउछन् ।

स्थानीयहरुका अनुसार सामुदायिक बनहरुले भोलि (माघ ८ गते शनिबार) आमभेला बोलाएका छन् । अहिले आमभेलामा उपस्थिति हुन आ–आफ्नो उपभोक्ताहरु बिच मायक मार्फत जानकारी गराउदै आएको छ ।

यस बिषयमा डिभिजन बन कार्यालय गाईघाट (बोक्से)का प्रवक्तासमेत रहेका सहायक बन अधिकृत जागेश्वर साहले यस्तो कोरोनाको समय कुनैपनि हालतमा भेला तथा कार्यक्रमहरु गर्न नमिल्ने बताए । उनले प्रमुख जिल्ला अधिकारी यादबबाट जारी गरेको आदेशलाई पालना गर्ने र बनको तर्फबाट त्यस्ता कुनै पनि कार्यक्रममा बनको प्रतिनिधिहरु उपस्थिति नहुने समेत बताए ।

अहिले उदयपुरमा कोरोना संक्रमण तिब्र रुपमा बढि रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले कोरोना संक्रमण बढ्दै गएकोले सतर्क रहन सबैलाई जानकारी गराउदै आएको छ । आमभेलाको तयारीमा जुटेको बाबरी सामुदायिक बन उपभोक्ता समितिको उपभोक्ता संख्या ३ सय ८२ र नबउदय सामुदायिक बन उपभोक्ता समितिको उपभोक्ता संख्या ३ सय ५० सहेको छ ।

Facebook Comments