फोनिज उदयपुरको नयाँ नेतृत्वमा ईश्वर बलम्पाकी मगर

उदयपुर । सम्पूर्ण आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजको) उदयपुरको नयाँ नेतृत्वमा ईश्वर बलम्पाकी मगर चयन भएका छन् । शुक्रबार सम्पन्न फोनिजको चौथो अधिवेशनले बलम्पाकी मगर सर्बसहमत चयन भएका हुन् ।

अधिवेशनले बलम्पाकी मगर नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । चयन हुने नयाँ कार्यसमितिको उपाध्यक्षमा दुर्गानन्द चौधरी ‘डिएन’, सचिबमा बुद्धि चाम्लिङ, सहसचिबमा सम्झना तामाङ र कोषाध्यक्षमा बिक्रम राई चयन भएका छन् ।

यसैगरि नयाँ कार्यसमितिको सदस्यहरुमा मानोज श्रेष्ठ, पुजा राजधामी, सुवास राईडोने, हिरा राई, सिंहबहादुर राई, सुजना राई, बेदकुमारी राई र भावना राई रहेका छन् ।

त्यसैगरि केन्द्रीय अधिबेशनको लागि प्रतिनिधिको रुपमा गजेन्द्र राई, महेश्वर चाम्लिङ, भोटराज राई, यमन दनुवार, गंगा राई, शंकर रिखाम, शुपराज राई र सन्तोषी तामाङ सर्बसहमत चयन भएका छन् ।

यसैगरि प्रदेश अधिबेशनको लागि प्रतिनिधिको रुपमा राजेन्द्र राई ‘दुष्ट’, ऋषी राई, देबराज राई, उर्मिला दनुवार, रुपा चाम्लिङ, अमित तामाङ, नेत्रकुमार सुनुवार ‘सञ्चार’, दिनेश राई र रञ्जु दनुवार सर्बसहमत चयन भएका छन् ।

Facebook Comments