



रामपुर । उदयपुरको बेलका नगरपालिका ९ खारखोला स्थित मदन भण्डारी लोकमार्गमा सडक दुर्घना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका २ बस्ने बर्ष ४० को रामचन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
कार्यालयले जनाएअनुसार पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश न.१–०२–००२ च ४८७४ नम्बरको बोलेरो पिकअपले बिपरीत दिशाबाट आउदै गरेको स.४ प. ९१०५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार राईको मृत्यु भएको हो । दुर्घनाबाट घाईते भएको उनको उपचारको लागी नगर अस्पताल रामपुर लगिएपनि थप उपचारको लागी घोपा धरान लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारी साधन र चालक थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय रामपुरमा राखिएको छ ।
Facebook Comments