



उदयपुर । खुवालुङ वचाउ अभियानमा क्रियासिल रहेकै कारण मानसिक तनाब झेल्नु परेको भन्दै पत्रकार राजेन्द्र राई (दुष्ट)ले नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियान परित्याग गरेका छन । उनले शनिवार एक बिज्ञप्ती जारी गर्दै प्रेस युनियान परित्याग गरेको घोषणा गरेका हुन् ।
उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा अभ्यास्तरत छ । तर पनि हाम्रो मानविय व्यवहार, चरित्र भने उही पुरानो संस्कार शैलीमा रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिज्ञप्तीमा यो २१ औं शताब्दी भनेको पनि चेतनाको युग भन्ने मेरो बुझाई हो । म नेपाली कांग्रेसको भातृसंगठन नेपाल प्रेस युनियान उदयपुर जिल्ला सदस्य र चौदण्डीगढी समितिको संयोजक थिए ।
तर विडम्बना युनियानमा आवद्ध आदिवासी जनजाति पत्रकारहरुलाई तल्लो दर्जाको व्यवहार गरिन्दो रहेछ । यस संस्थामा रहन्दासम्मको मेरो अनुभव र मस्तिष्कले यही कुरा बुझायो । जिल्लामा अति संक्रिण ब्राहमवादी सोच, सामन्ति मानशिक्ता, व्यक्तिवादी चरित्र र अहंकारी प्रवृत्ति हावीबाट आजित भएको छु ।
त्यसै कारण यो सबैलाई आत्मसाथ गर्न असमर्थ भएको छु । एक किरातीको सन्तान भएकोले आफ्नो पहिचान, सह अस्तित्व र आफ्नो पूर्खाहरुको स्वभिमानलाई कुल्चेर दास, गुलामी बन्न नसक्ने मेरो बुझाई र निष्कर्ष हो ।
पछिल्लो अवस्थामा राष्ट्रिय स्तरमै निकै चर्चा पाएको आफ्नो किराती समुदायको आस्थाको धरोहर (खुवालुङ) प्रति आफ्नो फेसबुकमा लेखेको अभिव्यक्तिका कारण जिल्लामा रहेका युनियनका नेतृत्वहरुले पटकपटक मानसिक तनाव दिने गरेकोले यस प्रति पनि घोर आपत्ति जनाउँछु ।
त्यसैले अवका बाँकी दिनहरुमा (स्वतन्त्र) रही आफ्नो पत्रकारिता पेशालाई निरन्तरता दिने बाचा प्रतिवद्धतासँगै अवका दिनहरुमा कसैको दास गुलामी बन्न नसक्ने ठहर गर्दै नेपाल प्रेस युनियनलाई आजकै मितिबाट परित्याग गरेको उल्लेख गरिएको छ ।
पत्रकार राई उदयपुरलाई कर्म भुमि बनाएर क्रियाशिल पत्रकारिता गर्दै आएका छन् । पत्रकार प्रेस युनियन उदयपुरका जिल्ला कमिटि सदस्य तथा चौदण्डीगढी नगरसमिति संयोजक थिए ।