उदयपुरमा लागुऔषधसहित ३ जना पक्राउ

उदयपुर । उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा जिल्लाको लहान नगरपालिका १७ घर भई हाल त्रिनपा ११ बस्ने ५५ वर्षीय राजकुमारी सहनी, २५ वर्षीय प्रमिला सहनी र २० वर्षीय लक्ष्मण सहनी रहेका छन् ।

उनिहरुलाई त्रियुगा नगरपालिका ११ घर भई त्रिनपा १३ स्थित तरकारी बजारमा गमलाको पसल गर्ने प्रमिला सहनीको पसलबाट पक्राउ गरिएको थियो । उनिहरुको साथबाट चार सय ग्राम गाँजास बरामत भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयका अनुसार विशेष प्रहरी टोलीले प्रमिलाको पसलमा लागुऔषध गाँजा विक्रि वितरण भईरहेको भन्ने सुचनाको आधारमा पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा थप अनुसन्धानका लागि राखिएको छ ।

भिडियोः

Facebook Comments