उदयपुरमा कुपोषित हुनबाट जोगाउन तालिम

उदयपुर । कुपोषण व्यवस्थापनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । एकिकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाअन्र्तगत मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)उदयपुरले स्वास्थकर्मीलाई सात दिनको तालिम दिएको हो ।

वल्र्डभिजन इन्टरनेशनलको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको समन्वयमा आयोजित तालिममा जिल्लाको चौदण्डिगढी नगरपालिका वाहेकका सात वटा स्थानीय तहका २६ जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । पोषणका सवालमा एकिकृत प्याकेज सम्बन्धि तालिम सञ्चालन गर्न आवश्यक पर्ने ज्ञान, सिप तथा व्यवस्थापकिय पंक्षको क्षमता अभिबृद्धी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको आयोजक संस्था हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए ।

त्यसैगरी पोषण सम्बन्धि व्यवहार सुधारका लागि परामर्श बिधीद्धारा ज्ञान, सिप र धारणा सकारात्मक परिवर्तन गर्न प्रोत्साहन गर्ने र कुपोषण व्यवस्थापनका लागि प्राविधिक तथा परामर्श सम्बन्धि क्षमता विकास गराउने लक्ष्य रहेको उनले बताए । पाँच बर्ष मुनिका बालबालिकालाई कुपोषण हुने सम्भावना अधिक रहेपछि हुरेण्डेकले वृहतपोषण विशेष कार्यक्रमको अयोजना गरेको हो ।

तालिमको बिषयविज्ञ कुवेर अधिकारी र कृष्ण गिरीले सहजिकरण गरेका थिए । कुपोषित बालबालिकालाई पर्याप्त स्वास्थ्य सेवा उदयपुरबाटै उपलब्ध गराउने गरी तालिमको आयोजना गरिएको बताइएको छ । यसअघि यो सेवा राजविराज, ओखलढुंगा र विराटनगरबाट लिनु पर्ने बाध्यता रहेको थियो ।

Facebook Comments