



उदयपुर । उदयपुरमा एक बहुविवाहका फरार प्रतिवादी पक्राउ परेका छन् । उनलाई प्रहरीले आईतबार पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालका– ६ जलजले बस्ने बर्ष ३३ को रत्नबहादुर कार्की रहेका छन् । उनलाई बहुविवाहको कसुरमा जिल्ला अदालत उदयपुरबाट २०७६ साल माघ २ गतेको फैसला भएअनुसार ११ महिना ५ दिन कैद र १० हजार जरिवानाको फैसला भएको थियो ।
कैद तथा जरिवाना असुल उपर गर्ने फरार पक्राउ अभियान अन्र्तगत खोजतलास गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताए । डिएसपी गौतमका अनुसार पक्राउ गरिएको कार्कीलाई कैद भुक्तानका लागी जिल्ला अदालत पठाईएको छ ।
Facebook Comments