भरुवा बन्दुक सहित उदयपुरमा दुई युवा पक्राउ

उदयपुर । उदयपुरमा एक नाल भरुवा बन्दुक सहित सोमबार दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कटारी नगरपालिका ७ मर्जेतपुर बस्ने वर्ष ३० को रुद्र बहादुर तामाङ र बर्ष ३४ को कृष्ण बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले जनाएअनुसार उनिहरुलाई कटारी नगरपालिका ७ स्थित मर्जेतपुरबाट पक्राउ गरिएको थियो । उनिहरुको साथबाट एक नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई बिषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेका हुन् । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ ।

Facebook Comments