उदयपुरमा नौ जुवा खेलाडी पक्राउ

उदयपुर । जुवा खेल्ने क्रममा नौ जनालाई उदयपुरमा प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई जिल्लाको त्रियुगा नगरपालिका १० करमगाछीबाट आईतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बस्ने बर्ष ४९ को प्रेम भट्टराई, त्रियुगा नगरपालिका ११ गाईघाट बजार बस्ने बर्ष ४० को मन्दिप राई, बर्ष ४० को राजन कुमार राउत, त्रियुगा नगरपालिका १० बस्ने बर्ष २० को ईश्वर खड्का, त्रियुगा नगरपालिका १२ गाईघाट बजार बस्ने बर्ष ४५ को बल बहादुर कार्की रहेका छन् ।

त्यसैगरि पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १ बस्ने बर्ष ४० को नबिन राई, त्रियुगा नगरपालिका ८ बस्ने बर्ष ४२ को पुरुषोत्तम कार्की, त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ४१ को मेख बहादुर राई र त्रियुगा नगरपालिका ३ बस्ने बर्ष २९ को सुनिल चौधरी रहेका छन् । उनिहरुलाई त्रियुगा नगरपालिका १० करमगाछि स्थित प्रेम भट्टराईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयले जनाएअनुसार जुवा खालमा मोवाईल छोडी फरार रहेका एबिराज राई र अनिल खड्काको भने खोज तलास भईरहेको छ ।

कार्यालयले जनाएअनुसार जुवा खेलि रहेको भन्ने बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुको साथबाट एक बुङ तास, १७ थान मोबाईल, १९ वटा कौडा, छ थान मोटरसाईकलको चाबी, दुई थान सुनको सिक्री, तिन थान सुनको औंठी फेला परेको छ ।

यसैगरि कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, र नगद २ लाख ४७ हजार १ सय १७ रुपैया फेला परेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

भिडियोः

Facebook Comments