



उदयपुर । मातपोत कार्यालय उदयपुरका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना २४ बर्षिय पुरुष कर्मचारीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । प्रमुख सुबेदीका अनुसार केहि दिन अघि चार कर्मचारीको कोरोना परिक्षण गरिएकोमा ती कर्मचारीको रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई सेवाग्राहीबाट वा अन्य कुनै हिसावले कोरोना सरेको बारे भने प्रष्ट भइसकेको छैन । सो वारेमा सोधपुछ तथा अनुसन्धान साथै कन्ट्रयाक्टेसिङ पछि मात्र थाहा हुने बताईएको छ । अहिले मालपोत कार्यलयका कर्मचारीमा कोरोना पुष्टि भएसँगै अन्य सरकारी कार्यालयहरुमा थप सतर्कता अपनाइएको छ ।
मालपोत कार्यालय सिल गर्ने सन्दर्भमा जिल्ला स्थित कोरोना सम्बन्धिको सुरक्षा समितिको बैठक बरिहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । सरकारी कार्यलयमा कोरोना भेटिएको यो घटनापछि सर्वसाधरण त्रसित बनेका छन् ।
लकडाउन खुकुलो भएसँगै सामान्य बन्दै गएको जनजिवनमा कोरोना प्रतिको लापर्वाहि बढ्दो रहेको अवस्थामा यो घटना भएपछि उच्च सतर्कता अपनाउन आवश्यक देखिएको छ । जिल्ला स्थित सुरक्षा सम्यन्त्रले उच्च सतर्कतका लागि कदम अगाडी बढाइ सकेको छ ।
सर्वसाधरणलाई माक्स सेनिटाइजर प्रयोग जस्ता कोरोना उच्च सतर्कता अपनाउन आह्वान सँगै अनुगमन समेत थालेको छ । हिजोबाट अनुगमन थालेको प्रशासन, नगरपालिका, र सरोकारवाला निकायहरुले माक्स नगरेको पाइएमा जरिवाना गर्ने जनाएको छ ।
कडाईका साथ सतर्कता अपनाउन सर्वसाधरणलाई अपिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिम प्रसाद दाहालले बताए । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ ।