लागुऔषध नियन्त्रणमा प्रभावकारी कदम चालिन्छः एसपी दाहाल (भिडियो सहित)

उदयपुर । उदयपुरको नयाँ प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले अपराध, कालाबजारी, लागूऔषध, चोरीनिकासी, हिंसा जस्ता कुरामा सुन्य सहनसिलता अपनाउने उद्घोष गरेका छन् । उनले बुधबार पत्रकारसँगको भेटघाट कार्याक्रममा यस्तो बताएका हुन् ।

एसपी दाहालले लागूऔषध उदयपुरको प्रमुख समस्याको रुपमा देखिएकोले नियन्त्रणका लागि प्रहरीको विशेष पहल रहने बताए । अहिले बिश्वभर फैलिएको कोरोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै लागुऔषध नियन्त्रणका लागि प्रहरीले प्रभावकारी कदम चाल्ने उनले बताए । लागूऔषध एक किसिमको रोग नै भएकाले त्यसको उपचारको जरुरी रहेको बताए ।

उनले लागुऔषध दुब्र्यसनिहरुको अभिलेख संकलन गरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताए । केही समयमै नयाँ नेतृत्वको अभ्यास र प्रयासको प्रभाव देख्न सकिने भन्दै त्यसका लागि सबैक्षेत्रलाई सहयोगको अपिल पनि गरेका छन् ।

अहिलेको कोरोनाको जोखिममा जत्ति आफु सुरक्षित भएर बस्न सक्यो त्यति राम्रो हुने उनको भनाई छ । उनले आफु सचेत र सुरक्षित भएर अरुमा पनि जनचेतना जगाउदै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन विशेष आग्रह गरेका छन् ।

भिडियोः

पत्रकार भेटघाट मार्फत अाफ्नाे याेजना सार्वजनिक गर्दै उदयपुरका नयाँ प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहाल ।

Gepostet von Nigrani Post am Dienstag, 23. Juni 2020

Facebook Comments