



गाईघाट । जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र नागरिक समाजका अगुवासहितको संयुक्त बैठकले निश्चित समयका लागि बजार खुलाउने र बैंकहरु आइतवारदेखि पुरै समय खोल्ने निर्णय भएको छ । दुई दर्जनको हाराहारीमा रहेका विभिन्न बैंकका शाखाहरु लकडाउनको बेला नियमित नखुल्दा भिडभाड हुने गरेको छ ।
हप्तामा दुइ र तीन दिनसम्म मात्र खोल्दा सेवाग्राहीको अत्याधिक भिड हुने गरेपछि यस्तो निर्णय लिइएको मेयर चौधरीले बताए । निश्चित समय र आलोपालो गरेर खोल्दा भिडभाडले कोरोनाको जोखिम झनै थपिएको र अहिले स्थिति केही सामान्य देखिएकोले पनि आइतबारदेखि पुरै बार खुलाउने तयारी रहेको उनले बताए ।
यसअघि नगरपालिकाले सूचना सार्बजनिक गर्दै दैनिक दश वटा बैंक खुल्ने तालिका सार्बजनिक गरेको थियो । सबै बैंक पुरै खूल्ने भएपछि सर्बसाधारणले लाईन बसेर भिडभाड हुन नपर्ने अपेक्षा लिइएको छ ।