खालिङको अध्यक्षतामा २१ सदस्य वडा समिति चयन

उदयपुर, २० चैत्र ।
नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिका वडा नम्बर–१० बोक्से उदयपुरको वडा अधिबेशन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न सो अधिबेशनबाट प्रेम खालिङको अध्यक्षतामा २१ सदस्य वडा समिति सर्बसहमत चयन भएको छ । अधिबेशनबाट उपाध्यक्ष, सचिब, सह–सचिब र कोषाध्यक्ष पदमा क्रमसः पवननुरी शेर्पा, नबिन राई, ज्ञानेन्द्र मगर र शारादा बि.क. सर्वसहमत चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा बखत बहादुर श्रेष्ठ, कृष्ण कुमारी राई, बिना राई, टेक बहादुर कार्की, गम बहादुर राई, सुमन शेर्पा (श्रेष्ठ), गेशराज राउत, सुरेन्द्र कार्की, मकर तामाङ, नुरी शेर्पा, रबिन्द्र मगर, देबिका राई, कर्णशिङ आले, कालिमाया दमाई र उमा देबि श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि पाँच सदस्य वडा सल्लाहकार समिति पनि गठन भएको छ । जसमा तुलबीर बि.क., ज्ञान बहादुर राई, माया खत्री, नबराज श्रेष्ठ र गणेश घिमिरे चयन भएका छन् । अबिधेशनले मदन भुजेलको संयोजकत्वमा ५१ सदस्य वाईसिएल समेत गठन गरिएको नबनिर्वाचित अध्यक्ष खालिङले बताए । अध्यक्ष खालिङको अनुसार आसन्न स्थानीय निर्वाचन लक्षित वाईसिएललाई पुनर गठन गरिएको हो ।

सम्मेलनलाई पूर्ब सभासद् तथा जिल्ला सह–ईन्चार्ज मणी खम्बु, त्रियुगा नगर ईन्चार्ज यदु ढकाल, संयोजक बिमल किराती, सह–संयोजक किरण राई, मिन बहादुर ठकुरी, केन्द्रिय सल्लाहकार समिति सदस्य बैकुण्ठ दाहाल, सम्झना तामाङ, अम्बिका बाँनिया, साबित्रा कार्की, अजिता कार्की लगायतका नेताहरुले कार्यक्रममा शुभ कामना मन्तब्य राखेका थिए । माओवादी केन्द्र उदयपुरले पार्टीको वडा अधिबेशनहरु नयाँ संरचना अनुसार पार्टीको केहि दिन यता अबिधेशन गर्दै आईरहेको छ । सम्मेलनमा आफुहरुले सोचेभन्दा कांग्रेस, एमाले लगायतका पार्टीहरुबाट प्रबेश भईरहेको जिल्ला ईन्चार्ज मोहन बहादुर खत्री “दिपक”ले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *