उदयपुरको भुल्केमा थप ३ जना संक्रमित, अव भुल्केमै मात्र संक्रमितको संख्या ३१ जना

उदयपुर । नेपालको सबैभन्दा बढि संक्रमित स्थान उदयपुरको भुल्केमा पुनः परिक्षण गर्दा संक्रमितको संख्या थपिएको छ । २८ जना संक्रमित फेला परेको भुल्केमा पुनः परिक्षणको रिपोर्टमा ३ जना थपिएको हो । ती सबै महिला रहेको बुझिएको छ ।

अव भुल्केमा मात्र ३१ जना संक्रमित पुगेको छ ।  भुल्केका १८ वर्षिया, ४५ वर्षिया र ६५ वर्षिया महिलाहरु संक्रमित पुष्टि भएकाे नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएकाे छ ।

त्यसैगरी कपिलबस्तुमा पनि ३ जना पुष्टि भएको छ । तीनै जना पुरुष रहेका छन् । उनीहरु एक जना १७ र दुईजना १८ वर्षका छन् । पर्शामा पनि थप एकजना ६२ वर्षका पुरुष कोरोना संक्रमित पुष्टि भएको छ ।  यो संगै नेपालमा १०९ संख्या पुगेको छ ।

Facebook Comments