क्वारेन्टाईनमा बस्ने किशोरद्धारा झुण्डिएर आत्माहत्या

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक किशाेरले झुण्डिएर आत्माहत्या गरेको छ । आत्मा हत्या गर्नेमा रौतामाई ७ गुराँसे बस्ने बर्ष १८ को सुमन बिक रहेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।

अध्यक्ष खड्काका अनुसार बैशाख ११ गतेबाट क्वारेन्टाईनमा बस्दै आएको बिकले बिहिबार राति झुण्डिएर आत्मा हत्या गरेको थियो । प्रेम बिबाह गरेर काठमाडौ पुगेको बिक लकडाउनको समय फर्किएपछि क्वारेन्टाईनमा राख्नु परेको स्वास्थ्य कार्यालय राजाबासका प्रमुख (अहेब) श्याम साहले बताए ।

अहेब साहका अनुसार बिकले श्रीमति लिएर आएपछि क्वारेन्टाइनमा रहेको अरुभन्दा उनिहरुलाई बेग्लै कोठामा राखिएको थियो । बिकले श्रीमति सुतिरहेको समय श्रीमतिकै सलमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ । अहिले पोष्ठमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।

Facebook Comments