उदयपुरको सबै जनाको परीक्षण रिर्पोट नेगेटिभ

उदयपुर । कोरोना भाईरस (कोविड १९) को आशंकामा नमुना संकलनमा पठाइएका उदयपुरका सबै जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिर्पोट नेगेटिभ आएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार कार्यालयको टोलीले संकलन गरी पठाएको १२ जना र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीले वेलका नगरपालिकामा संकलन गरेका एक युवासहित १३ जनाकै रिर्पोटमा नेगेटिभ आएको हो ।
स्वाब परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकामा ८ जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट ४ जना र बेलका नपाबाट १ गरी १३ जनाको पठाइएको थियो ।

विरामी सबैको नतिजा नेगेटिभ आएकाले हालसम्म जिल्लामा संक्रमण देखानपरेको प्रमुख सुवेदीले बताए । उनले भने, ‘कोरोना भाईरसको दोश्रोचरणमा नेपाल प्रवेश गरिसकेको छ, अहिले आएको प्रारम्भिक रिर्पोट मात्र हो, कतिपय ठाउँमा अझै पनि लुकेर बसेका व्यक्ति हुन सक्छन्, त्यसले सतकर्ता अझै आवश्यक छ ।

‘यहीँ रिर्पोटलाई आधार मानेर ढुक्क भएर बस्ने अवश्था छैन, उनले भने, ‘रातको समयमा लुकेर अझै पनि गाउँ प्रवेश गरेको भन्ने सुनिन्छ, त्यसैले उच्चसतर्कता अझै आवश्यक रहेको छ । थपे, ‘जति सतकर्ता अपनाईयो, त्यति हाम्रा लागि फाईदा हो, रोग भित्रिसकेपछि सकिनै जान्छ, त्यसअघि सावधान अपनाएकै बेस ।

कार्यालयले दिएको जानकारीअनुसार जिल्लाका ८ स्थानीय तहमा रहेका क्वारेन्टाईनमा बस्नेको संख्या ६८ पुगेको छ । प्रमुख सुवेदीकाअनुसार कटारी नगरपालिकामा २६ जना, चौदण्डीगढी नपामा ५, त्रियुगा नपामा ८, बेलका नपामा ९, रौतामाई गापामा ८ र लिम्चुङबुङ गाउँपालिकामा १२ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

स्थानीय तहले सञ्चालन गरेका फिवर क्लिनीकमा ७३ जनाले जँचाएका छन् । जिल्लामा होमक्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ८१ जना पुगेको छ । त्यसमध्ये सबैभन्दा बढि बेलका नगरपालिकामा एक सय ७३, त्रियुगामा ७९, कटारीमा २२ र ताप्लिमा ७ जना रहेका छन् । विदेशबाट आएका तर केहि विरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घरबाहिर ननिस्कन गरी होमक्वारेन्टाईनमै राखेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *