उदयपुरको रौतामाईमा १० लाखको कोष स्थापना

रौतामाई । उदयपुरको रौतामाई गाउँपालिकाले कोरोना भाईरस संक्रमणलाई भित्रिना नदिन १० लाखको कोष स्थापना गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीको पारिश्रमिक तथा पालिकाबाट १० लाखको कोष स्थापना गरिएको हो ।

संक्रमितको पहिचान, रोकथाम, क्वारेन्टाइन, आइसोलेसन वार्ड स्थापना, औषधिउपचार, खानबस्न, एम्वुलेन्स, मजदुर राहत प्याकेज लगायतका सेवासुबिधालाई मध्यनजर गरी कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पालिकाले वडानं २ भुट्टार हेल्थपोष्टमा दुई वटा, वडानं ६ रौतामा २ र वडानं ७ मुर्कुची हेल्थपोष्टमा २ वटा गरी ६ वटा क्वारेन्टाईन र वडानं ७ मा एक वटा आईसोलेसन वार्ड स्थापना गरेको उनले बताए ।

अध्यक्ष खड्काले भने, ‘पालिका प्रवेश गर्ने सबै नाकाहरुमा कडाई गर्दै हेल्थडेक्स स्थापना गरिएको छ, संकास्पद देखिए जिल्लासँग समन्वय गरेका छौ । ‘विदेशबाट आएकाहरुको खोजीका लागि प्रत्येक वडामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी टोली परिचालन गरेका छौ, अध्यक्ष खड्काले भने, ‘विशेषगरी विदेशबाट आएकाहरुको निगरानी र नाकामा कडाई गरेका छौ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको नामवली अध्यावधि गर्ने काम गरीरहेको र स्वास्थ्य सचेतना जगाउने काम गरीरहेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *