कुटपिटबाट उदयपुरमा एक मृत्यु

उदयपुर । कुटपिटबाट उदयपुरमा बिहिबार एक जनाको मृत्यु भएको छ । फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा कुटपिटबाट त्रियुगा नगरपालिका– ३ क्याम्पस डाँडाका २० वर्षिय सुनिल राउत घाइते भएका थिए । घाइते सुनिलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विवाह कार्यक्रममा भाडाकुडा, बाजा गाजा फुटाई दिएपछि सुनिलले प्रहरीलाई खबर गरेको थियो । मेरो साथीहरुलाई प्रहरी लगाएर पक्राउ गरेको आरोपमा स्थानीय युवाहरुले राती सुनिललाइृ घर भन्दा केही पर लगेर कुटपिट गरेको थियो । सुनिलको बाहिरी चोट पटक नदेखिए पनि आन्द्रामा दुई ठाउँ प्वाल परेको प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार कुटपिट गर्नेले मलद्वारबाट रड घुसारेको आशंका गरिएको छ । कुटपिटमा संलग्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *