उदयपुरको उद्योगहरुमा छड्के, बालश्रमिक बारे चिन्ता

गजेन्द्र राई
उदयपुर, १७ चैत्र । उदयपुरको बिभिन्न ईटा उद्योगहरुमा एक संस्थाले बुधवार छड्के अनुगमन गरेको छ ।
बिषेशगरि जिल्लामा रहेको तपेश्वरी–८ अम्वासे स्थित कलश ईटा उद्योग, सदरमुकाम गाईघाट स्थित गैरुनका ईन्द्र ईटा र वरुवा ईटा उद्योगमा सो अनुगमन गरेको हो । लामो समय देखि देशको बिभिन्न जिल्लामा रहेको उद्योग र गलैचा उद्योगहरुमा बालश्रमिक भएनभएको अनुगमन गर्दै आएको नेपाल गुडविभ फाउन्डेसन संस्थाले उक्त अनुगमन गरेको हो । “हरेक उद्योगहरुमा वालश्रम उन्मूलन गरौं” भन्ने नाराका साथ संस्थाको अध्यक्ष आङ्गलमी शेर्पा, निरीक्षण तथा अनुगमन समिति सदस्य चिरञ्जीवि श्रेष्ठ, गलैचा उद्योगी टासी लामा र क्षेत्रीय सहजर्कता टुकाछेकी शेर्पा सहितको टोलीले अनुगमन गरे हो । उनीहरुले उदयपुरको उद्योगहरुमा बालश्रमिक बारे सन्तोष नतिजा पाईएको जनाएका छन् । अन्तराष्ट्रिय रुपमै विगत २२ र्वष देखि उक्त संस्थाले बिभिन्न उद्योग र बिषेशगरि गलैचा उद्योगहरुवाट वालश्रम उन्मूलन गर्ने अभियानमा सक्रिय रुपमा काम गर्दै आईरहेको छ । संस्थाले अनुगमनगरि वालश्रम प्रयोग नगरीएको उद्योगहरुमा बालश्रम मुतm चिन्ह प्रदान गर्ने काम गदै आएको अध्यक्ष शेर्पा बताए । अध्यक्ष शेर्पाको अनुसार अहिले नेपालको १४ जिल्लाको ४० ईटा उद्योगहरुमा वेटर व्रिक नेपाल परियोजना अन्तरगत संस्थाले काम गर्दै आईरहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *