लिम्चुङबुङमा ‘अध्यक्ष कृषि कार्यक्रम’ सम्पन्न

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ५ दिने ‘अध्यक्ष कृषि कार्यक्रम’ सम्वन्धी बृहत अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको कृषि तथा पशु शाखाको आयोजनामा उक्त कार्यक्रम भएको हो । बढ्दो बैदेशिक रोजगारी र बसाईसराई दरले गाउँको जमिन बाँझीनुका साथै गाउँको जनसँख्या दिनप्रतिदिन घट्दै गएको गाउँपालिका अध्यक्ष मेजर कुमार राई वताए ।

त्यसैले उक्त भूमीको उपयोग गरी किसानलाई धनी बनाउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको राईले बताए । लिम्चुङबुङलाई उदयपुरकै अग्र्यानिक भिलेज बनाउने प्रमुख लक्ष्य रहेकोले युरिया, डिएपी, पोटास जस्ता बिषादी मल प्रयोग नगर्न र खुल्ला चरीचरण समेत बन्द गर्न किसानलाई आग्रह गरेका छन् । ‘हामी आप्mनै गाउँघरमा अग्र्यानीक मल उत्पादन गर्न सक्छौ त्यसलाई प्राथमिकता दिनुपर्छ ।’

उनी थप्छन्–‘हामी १० बर्षसम्म भौतिक पूर्वाधार निर्माण गरी २० बर्षभित्र कृषिबाट किसानलाई धनी बनाउने योजनाका साथ अघि बढेका छौं ।’ त्यसैले सवै सरोकारवाला संघसंस्था, नागरिक समाज, बुद्धिजिवी, पत्रकार र शिक्षक बर्गमा यो अभियान सफल पार्नका लागि साथ सहयोग गर्न अपिल समेत गरेका छन् ।

उक्त कार्यक्रम माघ १४ गतेदेखि वडा नं. ५ जाँतेबाट सुरु गरी क्रमश बलम्ता, बाराहा, ताम्लिछा र बास्बोटेमा गरी समापन गरेको पशु शाखा प्रमूख मानवहादुर श्रेष्ठले वताएका छन् । श्रेष्ठका अनुसार सवै वडामा किसानहरुको सक्रिय सहभागीता रहेको र बृहत छलफल भएको बताए ।

सवै वडास्तरीय छलफलको तथ्यांक हेर्दा पशुतर्फ बाख्रा र लोकल कुखुरा पालनलाई किसानले छनौट गरेका छन् भने कृषितर्फ कागति, सुन्तला, केरा, कफि, अदुवा, बेसार, किवी, चिउरी, एभोकाडो खेतिलाई बिशेष महत्व दिएको कृषि शाखा प्रमूख गगन राईले वताए । राई भन्छन्–‘ माछा र मौरी पालनतर्फ पनि कृषकको उत्तिकै चाहना रहेको देखिन्छ ।’

यो कृषकहरुसँग भएको पहिलो छलफल हो, फागुन पहिलो सातादेखि हामी दोश्रो चरणको छलफल गर्नेछौं र उक्त छलफलबाट प्राप्त तथ्यांकलाई अन्तिम रुप दिएर वितरण तथा अनुगमनको कामलाई तिब्रता दिने योजना रहेको जानकारी दिए । त्यस्तै, कृषि तथा पशुतर्फ गाउँपालिकाले ७५ प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ भने किसानले पनि २५ प्रतिशत अनिबार्य रुपमा लगानी गर्नुपर्ने कार्यविधी बनेको राईले बताए ।

त्यसैगरी, प्रमूख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार बृहत छलफल तथा अन्तरक्रियाबाट प्राप्त तथ्यांकको आधारमा कृषकको इच्छा अनुसार नै कार्यक्रमलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ को कूल बजेटबाट १ करोड बिनियोजन हुने गरी बजेट छुट्याएको समेत वताए । ‘हामी आधुनिक कृषिखेति र पशुपालन प्रणलीबाट नै किसानको जीवनमा आर्थिक उन्नति देखेर ‘अध्यक्ष कृषि कार्यक्रम’लाई अघि सारेका हौं ।’

यसले बैदेशिक रोजगारीमा जाने युवापिढी र तराईतर्फ बसाईसराई गरेर जाने दरलाई समेत रोक्ने बिश्वास लिएको लिम्बुले बताए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, कृषि कर्मचारी, राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, सल्लाहकार र कृषकहरुको सहभागीता रहेको थियो । भने अधिकांश किसानहरुले बाँदर, दुम्सी आतंक र खुल्ला चरीचरण नियन्त्रण गर्नुपर्ने माग राखेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *