काठमाडौं, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह गरेका छन् । चीन भ्रमणबाट फर्किएपछि त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले चुनाव हुन्छ र भनेर प्रश्न गर्नु नै बेठीक हुने बताए ।उनले चुनाव तयारी निकै अगाडि बढिसकेकोले चुनाव हुन्छ र भन्नु जनतामा भ्रम सिर्जना गर्नु बाहेक केही नहुने बताए । उनले चुनावका बारेमा आशंकायुक्त प्रश्न गर्ने बेला अब नरहेको भन्दै त्यस्ता प्रश्न नगर्न आग्रह गरे । मधेसी मोर्चासँग चीन जानुअघि नै राजनीतिक सम्झौता गर्न खोजे पनि तत्काल संभव नभएको बताँउदै उनले सरकारले बनाएको कार्यदललाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।
(भिडियो)
Facebook Comments