विप्लव समुहका जिल्ला सदस्यद्धारा पार्टी परित्यागको घोषणा

उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका एक जिल्ला कमिटी सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । मंङ्सिर १० गते घरबाटै पक्राउ परेकी त्रियुगा नगरपालिका १२ की २८ बर्षिया अनिता गजमेर (पवित्रा)ले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफु स्वतन्त्र जीवन जीउन चाहेको बताएकी छिन् ।

विज्ञप्तिमा आफु विप्लव समुहमा आवद्ध रहेको स्वीकार गर्दै बाँकी जीवन स्वतन्त्र पूर्वक जीउनकै लागि केहि समय यता घरमै बसिरहेको बताएकी छिन् । उनले विज्ञप्तिमा पार्टीको साधारण सदस्यसमेत परित्याग गरेको घोषणा गरेकी छिन् । उनीसँग पक्राउ परेका जिल्ला कमिटी सदस्य तथा युवा संगठन अध्यक्ष त्रियुगा नगरपालिका १० का ३६ बर्षिय सिद्धान्त राईलाई भने प्रहरीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले जानकारी दिए ।

२०७६ भदौ २ गते त्रियुगा नगरपालिका वडा नं. ६ जलजले स्थित खानेपानि तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयको भवनमा सिलिण्डर बम बिष्फोट घटनामा संलग्न रहेको आरोपमा राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *